परिचय
हामी प्रायः शाकाहारीताको कुरा गर्दा मासु नखाने भन्ने मात्र बुझदछौं । मासुमा के हुन्छ जोे अन्य खाद्य पदार्थमा हुदैन भनेर चाहिँ कहिल्यै खोजी गर्दैनौ । के खाने के नखाने भन्नुभन्दा अगाडि हामीले किन खाना खानर्ुपर्दछ भनेर बुझनु जरुरी हुँदैन र - खानाको यो पाटो पट्ट िचाहिँ हामीले आँखा चिम्लिनछौं । आज हामी यी यावत कुराहरुलाई विस्तारमा हर्ेर्ने प्रयास गर्नेछौं र मासु खानु ठीक या बेठिक आफैं निर्ण्र्ाागर्नेछौं । यो पुस्तिकाको उद्देश्य पाठकलाई शाकाहारी बन्नर्ैपर्छ भन्ने होइन तर खानाका बारेमा स्वयंले निर्ण्र्ाागर्न मद्दत मिलोस् भन्ने हो ।
सामान्यतया हाम्रो नेपाली समाजमा विद्यमान सोच के छ भने मासुले शरीरलाई आवश्यक सम्पर्ूण्ा कुरा प्रदान गर्दछ जो अन्य वनस्पतीजन्य तरकारीहरुले प्रदान गर्न असफल हुन्छ । तर हामीमध्ये कतिले मासुले दिने पोषक तत्वहरु कति छन् तथा बेफाइदा कति छन् भनेर जाँचेका छौ - वनस्पतीहरु तथा गेडागुडीहरुले दिने फाइदा कति छन् भनेर जाँचेका छौ त - पक्का पनि जाँचेका छैनौं । मात्रै हामी सुनेर आएका कुरालाई आधार मानेर पालना गरिरहेका छौं । के यो बाबुले बिरालो बाँधेर श्राद्ध गरेका कारण छोराले पनि बिरालो खोजेर ल्याएर बाँधेर मात्र श्राद्ध गरेको जस्तो भएन र - हामी बुझेर भन्दा पनि अन्धाधुन्द खाना खाइरहेका छौं ।
हरेक विषयका विभिन्न आयामहरु हुन्छन् । हरेक दृष्टिकोणबाट हर्ेन सक्यौ भने मात्र हामी त्यस विषयमा जानकार हुन सक्छौं नत्र अन्धाले हात्ति छामेर हात्ति नाङलो जस्तो, डोरी जस्तै भनेझैंं हुनेछ । यसैले हामी शाकाहारीतालाई विभिन्न दृष्टिकोणबाट हेरौं । विषयगत रुपमा अध्ययन गर्दा निम्न दृष्टिकोणबाट मांशाहारीहरुले मासु खानाका फाइदा वर्ण्र्ाागर्दछन् । आज हामी उनीहरुकै दृष्टिकोणबाट अध्ययन गरौंं के मासु मात्र नै पोषणको आधार हो त-
क) स्वास्थ्यको आधार वा पोषणको तुलना
ख) बातावरणीय र पर्यावरणीय दृष्टिकोण
ग) शारीरिक आधार
घ) सामाजिक दृष्टिकोण
ङ) आर्थिक दृष्टिकोण
च) आध्यात्मिक वा धार्मिक दृष्टिकोण
छ) अन्य
क) स्वास्थ्यको आधार वा पोषणको तुलना
आफ्नो शरीरलाई हामी कतिखेर स्वस्थ मान्दछौं - त्यतिखेर जब यसले गर्ने हरेक कार्य कुनै अवरोध विना नै शरीरले गरिरहेको हुन्छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई यसप्रकार परिभाषित गरेको छ,"स्वास्थ्य भनेको विरामी वा कमजोरीबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक र सामाजिक रुपमा शान्त रहन सक्नु र सुन्दरता प्राप्त गर्नु हो ।"
अब हामी मासुजन्य खाना र वनस्पतिजन्य पदार्थले दिनसक्ने पोषणहरुको तुलना गरौं । अमेरिकी खाद्य संस्था तथा क्यानडाका खाद्य विशेषज्ञहरुको अध्ययन अनुसार शाकाहारी खानामा शरीरलाई चाहिने सम्पर्ूण्ा तत्वहरु जस्तै, संतृप्त तैलीय पदार्थ -क्बतगचबतभम ाबत), कोलेस्ट्रोल, प्रोटिन, कार्वोहाइड्रेट, रेसाहरु, म्याग्नेसियम, फलाम शरीरलाई पुग्दो मात्रामा उपलब्ध हुन्छ । शाकाहारी खानामा पाइने यी तत्वहरुको ठीक मात्राका कारण शाकहारी व्यक्तिहरुलाई रक्तचाप, उच्च कोेलेस्ट्रोल,मृटुको रोग जस्ता गम्भिर रोगहरु कम लाग्दछन् । शाकाहारी खानामा फ्याट्टी एसीड र भिटामिन बी १२ कम पाइन्छ तर दुग्ध पदार्थहरुबाट यो सजिलै प्राप्त हुन्छ, यसैले यो कुनै समस्या होइन । शाकाहारी खानामा मासुमा भन्दा केहि कम तर पयांप्त प्रोटिन पाइन्छ । सामान्यतया मानिसहरु वनस्पतिजन्य खानामा प्रोटिन कम हुने कुरा गर्दछन् तर यो कुरा गलत हो । उदाहरणका लागि, एक कप भटमासको खाद्यान्न खाँदा २९ ग्राम प्रोटिन प्राप्त हुन्छ जसले ९.६ ग्राम प्रति १०० क्यालोरी प्रोटिन दिन्छ । सामान्य पुरुषलाई २.५ देखि २.९ ग्राम प्रोटिन प्रति १०० क्यालोरी शक्तिमा चाहिन्छ भने महिलाका लागि २.१ देखि २.४ ग्राम प्रति १०० क्यालोरी शक्तिमा चाहिन्छ । यो प्रोटिनको माग पुरा गर्न गेडागुडि, तोफु, च्याउ, पनिर जस्ता खानेकुरा सक्षम छन् । शरीरलाई प्राटिनबाट चाहिने कुरा भनेको एमिनो एसिडहरु हुन. जुन शाकाहारी खानेकुराबाट पर्याप्त पाइन्छन् । त्यसै गरि शरीरलाई चाहिने फलाम पनि वनस्पतिजन्य खानेकुराबाट पुग्दो रुपमा प्राप्त हुन्छ । जसका लागि बदाम, गेडागुडी, गहुँ, गोलभेंडाको रस, र्सर्ूयमुखी फूलको विउ इत्यादी कुरा खानु जरुरी हुन्छ ।
यसभन्दा बाहेकका अन्य सबै शारीरिक आवश्यकताका तत्वहरु सहजै शाकाहारी खानेकुराबाट प्राप्त हुने कारण पोषण पुग्दैन भन्नु मध्यान्हमा घाम तापेर पनि तातो पुग्दैन भने जस्तै हो ।
ख) बातावरणीय र पर्यावरणीय दृष्टिकोण
मानिसहरु के भन्दछन् भने हरेक जीव अर्को जीवको आहार हो; यो प्रकृतिको नियम हो, पर्यावरण सन्तुलनमा रहन एक जीवलाई अर्कोले खानु अत्यावश्यक छ । तर एक जीवको खाना त्यो हो जुन ऊ सानै हुँदा देखि खान दिइन्छ वा उसले सानो उमेर देखि नै पचाउन सक्छ । बाघले आफूले शिकार गरेर ल्याएर आफ्ना सन्तानलाई त्यसबाट खाना दिन्छ । यहि आधारमा हर्ेर्ने हो भने के मानिसले आफ्ना ६ महिर्ना पुगेका नानीलाई मासु खान दिएको छ त - फेरी प्रकृतिमा मासुमा नै आश्रति जीवले आफूलाई प्राप्त मासु जस्तो अवस्थामा प्राप्त भएको हो सोही रुपमा नै खान्छ । तर मानिस त जस्तो अवस्थामा मासु पायो खादैन नि त । किन - किनभने उसको शरीरले त्यसलाई ग्रहण गर्नै सक्दैन । अनि अर्को जीवलाई पकाएर गलाएर खान भनि मानिस तम्सन्छ । अनि हामी के भन्न पछि पर्दैनौ भने हामीले खाएनौं भने त खसी, कुखुराहरुको जनसंख्या बढिहाल्छ नि । तर यसो भनिरहँदा हामी के बिर्सन्छौ भने हामीले आफ्नो उपभोगका निम्ती मात्र उनिहरुको उत्पादन गरिरहेका छौं । यो पो झन् प्रकृतिको नियम विपरीत भयो । यसैले पर्यावरण जोगाउन मासु खानर्ुपर्छ भन्नु महामर्ूखताको परिचय हो ।
अहिले संसारमा उत्पादन भएका अन्नहरुको खपत हर्ेर्ने हो भने मानिसहरुले खपत गरेको अन्न भन्दा मासुका लागि भनेर पालिएका जनावरहरुले खाएको अन्नको परिमाण ज्यादा छ । प्रति एक जनाले वाषिर्क रुपमा खपत गर्ने अन्न करीब एक टन छ । जसमध्ये १५५ पाउण्ड मानिसले प्रत्यक्ष रुपमा खपत गर्दछ, बाकिँ ८४५ पाउण्ड भने मासु उत्पादनका लागि पालिएका जनावरहरुले खान्छन् । अब हामी विचार गरौं हामी के मा लगानी गरिरहेका छौं त - १० एकड जमिनले ६१ जना मानिसलाई पुग्ने प्रोटिन उत्पादन गर्दछ जबकि गाई, र्भैसीको मासुमा आश्रति मानिस जम्मा २ जनाका लागि मात्र प्रोटिन उत्पादन हुन्छ । अब हामी आफैं विचार गरौर्ं हाम्रा श्रोतहरुको दुरुपयोग हामी कसरी गरिराखेका छौ - पर्यावरणको नियमले के भन्छ भने तल्लो तहमा भएका प्राणिहरुले खाना ज्यादा खपत गर्दछन् जबकि माथिल्लो तहमा भएका जनावरहरुले कम खाना खपत गर्दछन् । यसो हो भने हामी धेरै जनावरहरु पालेर धेरै खर्चले कम प्रतिफल लिनका लागि मासु उत्पादन गरिरहेका छौ ! आर्थिक रुपमा पनि हामीले आफैंलाई बोझ पारेको होइन र -
सन् २००६ मा संयुक्त राष्ट्रसंघको तदारुकतामा भएको अध्ययनले जनाए अनुसार जनावर उत्पादनशालाहरु पनि विश्वव्यापी वातावरण क्षय, जलबायु परिवर्तन तथा जैविक विविधता नाशका कारणहरुमध्ये एक हुन् । पर्यावरीणीय प्राध्यापक डेविड पिमेन्टलले दावि गरेका छन्,"यदि हाल अमेररिकामा उत्पादन भएका अन्नहरु सिधै मानिसहरुलाई खुवाउने हो भने ८० करोड मानिसहरुलाई खुवाउन पुग्छ ।" थोरै वस्तुभाउ घरायसी प्रयोजनका लागि पाल्नु ठीकै हो तर मासु उत्पादनका लागि पालिएमा तिनीहरुले प्रयोग गर्ने अन्न वास्तवमा नै खेर फालिएको हो । एक पाउण्ड गहुँ उत्पादन गर्न २७.२१ के.जी पानी लाग्दछ जबकि एक पाउण्ड मासु उत्पादन गर्न ११३४ देखि २७२१.६ केजीसम्म पानी लाग्दछ । ल हेरौं त अमुल्य पानीको दुरुपयोग !
ग) शारीरिक आधार
आकाशमा उड्ने बाजदेखि जमिनमा बस्ने बाघसम्म मासु खाने जीव र हामी मानिसको शरीरको बनावट हेरौं । हाम्रो शरीर मासु खानका लागि उपयुक्त छ या छैन -
अ) हामी हाम्रा हातका औला र नङ हेरौं । अब बाघ या कुनै मासु खाने जीवको हातका औला र नङ हेरौं । के समानता छ त - छैन नि । जसको अर्थ के हो भने प्रकृतिले हाम्रो हात मासु च्यात्नलाई दिएकै होइन ।
आ) हाम्रो मुखको बनावट हेरौं । हाम्रा दाँत मिलेका सलक्क परेका छन् । अब बाघ वा कुकुरकै मुखको बनावट हेरौं । उनिहरुको दाँत तिखा र दायाँवाँयाका दाँतहरु लामा छन् नि । हामी पनि मासु खाने जीव भए त हाम्रो पनि उनिहरुको जस्तै लामा दाँत दुवै तिर हुनु पर्ने हो । यसले पनि के बताउँछ भने हाम्रो मुख मासु खानका लागि बनेको होइन रहेछ । तैपनि हामी यहि मुखका लागि मासु खान्छौं, पेटका लागि होइन !
इ) हामीलाई गर्मि भयो भने छालाबाट पसिना आउँछ तर मासु खाने जनावरहरुलाई गर्मि हुँदा के गर्दछन् - मुखबाट ज्रि्रो बाहिर निकाल्छन् । गर्मि भयो भनेर ज्रि्रो बाहिर निकाल्ने मानिस त देखिएको छैन आजसम्म । यसले पनि हामी मांसाहारी होइनौं भन्ने प्रमाणित गर्दछ । र्
इ) यस्तै हाम्रो पेटमा खाना पच्नका लागि उत्पादन हुने हाइड्रोक्लोरिक अम्ल निकै पातलो हुन्छ । जबकि मांसाहारी जीवको हाइड्रोक्लोरिक अम्ल मानिसमा भन्दा बिस गुणा बढि कडा हुन्छ । यसको अर्थ हाम्रो पेटलेे मासुलाइ सजिलै पचाउन सक्दैन ।
यी र अन्य धेरै शारीरिक प्रमाणहरु छन् जसले मानिस शाकाहारी हो मांसाहारी होइन भन्ने जनाउँछ ।
घ) सामाजिक दृष्टिकोण
हामी समाजदेखि डराउँछौ किनकी हामीलाई थाहा छ एकपटक नराम्रो छाप बसेपछि त्यो हट्न गाह्रो पर्दछ । हामीलाई भोजमा जानर्ुपर्दछ जहाँ थरिथरिका मासु राखिएका हुन सक्छन् । मानौं हामीले मासु नखाएमा के होला - हामीलाई उनीहरुले हर्ेर्ने दृष्टिकोणमा के होला - हामीलाई फेरीफेरी नबोलाउने पो हुन् कि- यस्ता धेरै प्रश्नहरुले मानिसलाई सदैव सताइरहन्छ । हाम्रा आफ्ना कुलदेवता पूजा गर्नुपर्दछ । त्यो गर्दा त बलि दिनर्ुपर्दछ । म त बलि दिन्न भन्दा अरुले के भन्लान् जस्ता प्रश्नका कारण पनि हामी शाकाहारी बन्नलाइ बाधा पुगेको देखिन्छ । तर मानिस जन्मदै स्वतन्त्रताका साथ आएको हुन्छ । तपाईं म मासु खान्न भन्नु हुन्छ भने तैले मासु खानै पर्छ भनेर कोच्याउन आउनेवाला कोहि छैन । यो त मात्र तपाईंको मासुप्रतिको लालसा हो जो अन्य कारणहरु देखाई मासुमा रमाइरहन चाहन्छ । तपाईको कुलदेवताको पूजामा मासु चढाइन्छ भने त्यसमा आत्तिनुपर्दैन । हिन्दर्ुधर्ममा भनिएको बलि पञ्चबलि हो जुन आफ्नै खराब बानिहरु हटाएको संकेतका रुपमा दिनुपर्ने हो । त्यसका लागि फर्सि, काक्रो, लौकाजस्ता बनस्पतिहरु प्रयोग गर्न सकिन्छ । साथै पानीसहितको नरिवल पनि धेरै उपयुक्त कुरा हो । सकेसम्म त बलि दिने प्रथा हटाएको राम्रो हो । कुनै पनि देवताले जीवको मासु खादैनन । यो त मात्र मानिसहरुले आफूले खानका लागि देवताको नाम देखाएको हो । यो त मात्र जंगली संस्कृती हो ।
ङ) आर्थिक दृष्टिकोण
हामी नेपाली संसारमा खानमा लागि सारै भाग्यमानि छौं किनकी यहाँ पर्याप्त तरकारी सुपथ मुल्यमा पाइन्छ । तर पनि हामी आफ्नो आर्थिक स्तर देखाउने तरिकाका रुपमा हप्ताको कतिचोट मासु खान्छौं- भनेर बताउन रुचि प्रकट गर्दछौं । हाम्रा लागि मासु खानु भनेको आर्थिक स्तर सुदृढ छ भनि देखाउने मापदण्ड हो । तर मासु खानु नै आर्थिक स्तरको मापदण्ड भए त धेरै मानिसहरु त्यस्ता छन् जो सम्पन्न छन् तर मासु खादैनन् । के उनीहरु आर्थिक तवरले सबल छैनन् त । अर्को कुरा नेपालमा एक केजी गेडागुडी करीब ६० वा ७० रुपैयाको हाराहारीमा पाइन्छ जबकि एक केजी कुखुराको मासु झण्डै २५० रुपैयाको हाराहारीमा पर्दछ । आफ्नो आम्दानीका हिसाबले हर्ेर्ने हो भने झण्डै चारगुणा बढि रुपैया एक छाक मासुका लागि मात्र हामी खर्च गरिरहेका छौं । त्यो रुपैया हामी अन्य केही काममा खर्च गर्न सक्थ्यौ कि- कुनै बृद्धाश्रममा दान दिन सक्थ्यौ कि - तर मानिस मासु खानुमा गर्व गर्दछ परोपकारमा होइन ।
च) आध्यात्मिक वा धार्मिक दृष्टिकोण
धेरै मानिसहरु के सोच्दछन् भने जो मानिसरु धर्मकर्मर्मा लागेका छन् उनिहरु नै शाकाहारी हुन्छन् अरु होइन । तर सधैैं यो कुरा साँचो हुन्न । यहाँ त्यस्ता थुप्रै मानिसहरु छन् जो धार्मिक मार्गमा नलागे तापनि शाकाहारी छन् । र्
धर्मले हामीलाई अर्को जीवनप्रति सम्मान सिकाँउछ, मानवियता सिकाउँछ र नैतिकता सिकाउँछ । हरेक प्राणिमा रहेको समान शास्वत गुणका बारेमा बताउँछ । हर प्राणि एकै श्रोतबाट आएको सत्यता सिकाउँछ । हामी मानिस आफूलाई चेतनशील भन्न रुचाउने तर अर्को जीवनको महत्व, भावना र चेतनालाई वास्ता नगरि आफ्नो खाना बनाउने हो भने आफूले आफैंलाई चेतनशील भन्ने अधिकार मानिसमा छैन । धेरै महत्वपर्ूण्ा कुरा के हो भने आध्यात्मिक वा धार्मिक मार्गको मानिसले यो जीवनका बारेमा मात्र सोच्दैन, कैयन जीवनहरुका बारेमा सोच्दछ । उसले खाने मासु जुन प्राणिबाट आएको हो, हुनसक्छ अघिल्लो जीवनमा त्यो प्राणि उसको अभिभावक वा नजिकको व्यक्ति थियो कि । अर्को कुरा बिभिन्न धार्मिक मार्गहरु तथा तिनीहरुका ग्रन्थहरुले पुण्य कमाउनका लागि हिंसा त्यागि-मासु त्यागि) सर्त्कर्म गर्न प्रेरित गरेका छन् । उदाहरणका लागि केही सामान्य जानकारी निम्न छन्ः
अ) बौद्ध धर्मले शुरुमा पञ्चशीलअर्न्तर्गत अहिंसालाई राखेको छ । गौतम बुद्धले मासुको सेवनले बुद्धत्वको बिउलाई मार्ने कुरा बताउनु भएको छ । लंकावतार सुत्रमा बुद्धले बताउनु भएको छ,"त्यो जो बुद्धबाट सिक्न चाहन्छ उसले मासु त्याग्नै पर्दछ, जो बुद्धले नै मासु खान भन्नुभएको छ भनेर बुद्धका शिक्षाको आलोचना गर्दछ ऊ तीन प्रकारका दुःखका मार्गहरु र्-नर्क, भोका प्रेत र जनावर) फस्दछ ।
आ) इर्साई धर्मको ग्रन्थ बाइबलले पनि शाकाहारीतालाई प्रष्ट पारेको छ । यसको उत्पत्ति पाठमा भनिएको छ,"हरेक विउ लाग्ने फल विरुवा र फलफूलका रुखहरु त्रि्रो खानाका लागि हुन् ।" यहाँ भनिएको छ खाना भनेको मानवका लागि विउबाट उत्पन्न हुने अन्न र रुखहरुबाट प्राप्त फलफूल नै हुन । कुनै हिड्ने डुल्ने जीव होइन । यस धर्मका दश निर्देशनहरु मध्ये अहिंसा पनि एक रहेको छ ।
इ) हिन्दु धर्ममा शाकाहारीतालाई निकै महत्व दिइएको छ । जो आध्यात्मिक साधना गर्दछन् उनीहरु माछामासु सहित लसुनप्याज समेत सेवन गर्दैनन् । माछा मासुमा धेरै चिल्लोपदार्थ हुन्छ र पचाउन कठीन हुन्छ । श्रीमद् भगवतगीतामा श्रीकृष्ण भन्नुहुन्छ,"सारै तितो, अमिलो, नुनिलो, अति तातो, तिखो स्वादका, रूखो, पेट पोल्ने खाना रजोगुणि व्यक्तिलाई मन पर्दछ । यस्ता खानाले दुःख शोक तथा रोग उत्पन्न गराउँछन् । -१७-९)यसको अर्थ के हो भने त्यो खाना खानुहुन्न जसले पेट पोल्छ, तिखो स्वादको हुन्छ । यहाँ मासु नै त्यस्तो खाना हो साथै धेरै मसालादार खाना पनि खान नहुने कुरा बताइएको । यसले दुःख र शोक निम्त्याउँछ भन्नुको अर्थ मासु खाँदा त्यो जीव र आफूलाई दुःख हुन्छ र अन्तमा मासु खानेको जीवनमा रोग निम्त्याउँछ । यस धर्ममा रहेको भनिएको बलि प्रथा धर्मकै कलंंकका रुपमा रहेको छ । यसैले बलि प्रथा अन्त्य गर्नु हिन्दु धर्मका लागि समेत उत्तम हुन्छ ।
उ) दिव्य साधनाको मार्ग तावमा परमात्मा, परमेश्वर-लाऊ मू) ले आफ्ना सन्तान -मानव जाति)लाई पृथ्वीमा खानेकुराको बारेमा बताउनु भएको छ," तिमि पृथ्वीमा पुग्ने आफ्नो भोक र्टार्नको लागि फलफूलहरू टिपेर खाना बनाउन सक्छौ र तिर्खाएको बेला पानी पिउन सक्छौ ।"
झण्डै ८२० वर्षअघि चिनका जन्मिनुभएका बुद्ध चि कोङ जसलाई जीवित बुद्ध पनि भनिन्छ, उहाँले खानेकुराको बारेमा भन्नुभएको छ," यस संसारमा सबैभन्दा खानामा खराब कुरा मासु हो र सबैभन्दा क्रुरता भनेको प्राणीहत्या हो । आशिर्वादहरू प्राप्त गर्ने सबैभन्दा राम्रो उपाय स्वयंलाई सबै प्रकारका खराब बानिबाट टाढा राखि अवलोकन गनर्ुृ हो र दान दिनु हो । लामो आयु प्राप्त गर्न जीवन लिने होइन बरू पिँजडामा भएका जन्तुहरूलाई पनि स्वतन्त्र गरीदिनु हो ।"
ऊ) जैन धर्ममा अहिंसा नै परम धर्म हो । यसैले यस धर्मका अग्रजहरु मुख छोपेर बस्ने गर्दछन् जसका कारण सुक्ष्म जीवको हत्याबाट पनि बच्न सकियोस् । हिड्दा समेत उनीहरु निकै र्सतर्क भएर हिड्ने गर्दछन् । मृत जनावरबाट प्राप्त कुनै पनि खानालाई त्यहाँ अनुमति छैन ।
ए) सिख धर्ममा प्रष्ट भनिएको छ यसका विषयमा मर्ूखहरुले मात्र कुरा गर्दछन् । जुन खाना साधारण छ त्यो खानु पर्दछ । दशौं गुरु, गुरु गोबिन्द सिंहल सिखहरुलाई मासु सेवनबाट वर्जित गर्नुभएको छ जो हलालबाट आएको हुन्छ ।
यसैगरि हाल प्रचलनमा रहेका अन्य धेरै धार्मिक मार्गहरुले मांशाहारलाई निषेध नै गरेका छन् । यी सबैले के प्रतिविम्बित गर्दछन भने जे रोप्यो त्यही फल पाइन्छ । यदि हामी यो जीवनमा अन्य जीवनको मृत्युका लागि जिम्मेवार हुन्छौ भने हामीले त्यसको मोल चुकाउनै पर्दछ । कारण र परिणामको सुत्रले भन्दछ जो मार्दछ ऊ मर्नुपर्दछ । के अब पनि हामी यो मर्ने र मार्ने चक्रमा पर्न जानाजानी हाम फाल्ने कि यसबाट मुक्त हुने - हामी आफैंलाई यो खराब, अमानविय कार्यबाट मुक्त गराउन पनि कोही अरु नै आइदेओस् भनेर सोच्दछौ भने यो भन्दा ठूलो मर्ूखता केही हुदैन ।
छ) अन्य कारणहरु
माथि उल्लेखित कारणभन्दा अरु केही कारणहरु पनि छन् जसले शाकाहारीतालाई प्रोत्साहन गर्दछ । यदि हामी तरकारी बजार घुम्न गयौं भने वनस्पतिजन्य तरकारी राखेको स्थान भन्दा माछा र मासु राखेको ठाउँपट्ट िज्यादा दर्ुगन्घ आइराखेको हुन्छ । वास्तवमा मासुजन्य पदार्थहरु चाँडो गल्ने कारण त्यसो भएको हो । अर्को कुरा मासुजन्य पदार्थहरुको विक्रि स्थलमा देख्दै फोहर देखिने तथा झिंगा ज्यादा भन्किरहेका हुन्छन् । जब कुनै जनावरलाई मारिन्छ, उनिहरुको शरीर डर र रीसले भरिएको हुन्छ, सो बेलामा उनीहरुको शरीरमा मानिसको शरीरलाई हानी पुर्याउने विभिन्न हर्मोनहरु उत्पन्न हुन्छन् र त्यो मासु खाँदा मानिस रोगी हुने सम्भावना ज्यादा हुन्छ ।
रोगहरुका बारेमा
हामी सामान्यतयाः मासुका बारेमा कुरा गर्दा पोषक तत्वका बारेमा मात्र कुरा गर्दछौं । आज हामी हेरौं मासुले निम्त्याउने रोगहरु तथा महामारीहरु कति छन् त-
सन् २००३ मा दक्षिण पर्ूर्वी एसियाबाट शुरु भएर संसारमा फैलन पुगेको रोग "र्सार्स"को भाइरस मासुबाट आएको मानिन्छ । जसले केहि दिनको अन्तरालमा ७७४ जनाको ज्यान लियो र ८०९८ जनालाई प्रभावित पार्यो । त्यस्तै अर्को रोग "वर्ड फ्लू"को भाइरस चराहरुबाट आएको हो । जसले थुप्रै मानिसहरुको ज्यान लिएको थियो तथा धेरैलाई प्रभावित पार्यो । नेपालमा पनि २०६५ सालमा झापामा यो रोग कुखरामा सरेको आशंकामा झण्डै २४००० कुखुराहरु जिउदैं मारिए । के आफ्नो खाना चाहिँ हामी नियन्त्रण नगर्ने तर वेकसुर कुखुरा चाहिँ मार्ने - यो मानवियता हो त- सन् २००९ को मार्चमा देखा परेको महामारी "स्वाइन फ्लू"सुंगुरबाट मानिसमा सरेको थियो जसले २ हप्ताको अन्तरालमा १६ जनाको ज्यान लियो भने झण्डै १००० जना प्रभावित भए । त्यस्तै अर्को रोग छ "पागल गाई रोग" जसका कारण लाखौं गाईहरु मर्ने अनुमान छ । गाई तथा गोरुको मासु पश्चिमा देशमा ज्यादा प्रयोग गरिन्छ ।
धेरै अध्ययनहरु भएका छन् जसले मांशाहारीहरु भन्दा शाकाहारीहरुमा मुटुको रोग तथा क्यान्सरको संभावना ज्यादै कम हुने देखाएको छ । सन् १९७८ मा अमेरीकी क्लिनिकल पोषण जर्नलमा छापिएको रिपोर्टका अनुसार मुटुका रोगबाट हुने मृत्युको संभावना मांशाहारीभन्दा शाकाहारीमा ८८ प्रतिशतले कम हुन्छ । त्यस्तै सन् १९८१ को विश्व तथ्याङ्क अनुसार मासु खानेहरुमा आन्द्रा तथा स्तनको क्यान्सरको संभावना ज्यादा छ । अर्को कुरा शाकाहारीहरुको औसत रक्तचाप १२८/७९ रहेको छ जबकि मांशाहारीहरुमा १४६/९३ रहको छ । यसले के देखाउँछ भने मांशाहारीहरुमा उच्च रक्तचापको समस्या ज्यादा हुन्छ । मांशाहारीहरुमा कोलेस्ट्रोलको मात्रा उच्च हुनाले मुटुको समस्या हुने संभावना समेत धेरै हुन्छ । मासुको सेवनले हुने अन्य रोगहरु पनि छन् जस्तैः हडि्ड खिइने रोग -ओस्टियोपोरोसिस), अल्सर, पत्थरी, मृगौलाको रोग, बाथ, एपेन्डिसाइटिस इत्यादी ।
रसियन आदिवासीहरु ँकिन्गिज’हरुको औसत उमेर ३०-४० वर्षरहेको छ, जो अत्याधिक मासु खान्छन् । जबकि उत्तरी भारत तथा पाकिस्तानका आदिवासीहरु ँहुन्जा’हरुको औसत उमेर ९०-१०० वर्षछ जो मासुको सेवन अत्यन्तै कम गर्दछन् र केही मासु नै लिदैनन् । शाकाहारी खानामा चिल्लो पदार्थ निकै कम हुने कारण शाकाहारीहरुमा बुढ्यौली ढिलो शुरु हुने कुरा पनि अध्ययनले देखाएको छ ।
लसुन प्याजका बारेमा
धेरै जसो आध्यात्मिक व्यक्तिहरु लसुन, प्याज, छ्यापी, डुण्डु, सर्ुर्ति जस्ता कुरा पनि सेवन गर्दैनन् । वास्तवमा ती कुराहरु सेवन नगर्नुको कारण तिनीहरुले उत्पन्न गर्ने दर्ुगन्धित ग्याँस नै हो । यी पदार्थहरुको सेवनले केहि व्यक्तिहरुको विचमा बस्न गाह्रो पर्ने, आध्यात्मिक साधना गर्दा मानसिक विचलन हुने गर्दछ जसको कारण यिनीहरुलाई नखाने गरिएको हो । यी कुराहरु काँचो रुपमा खाँदा गन्ध दिने तथा पकाएर खाँदा अनैतिक विचार आउने गर्दछ ।
बुद्धले बताउनु भए अनुसार जो व्यक्ति लसुन प्याजको सेवन गर्दैनन् र सत्यताको साधना गर्दछन् उनीहरुको सुरक्षाका लागि र्स्वर्गले समेत सुरक्षा प्रदान गर्दछ । यसैले साधकहरुको मुहारमा बेग्लै चमक देख्न सकिन्छ ।
सारांश
यी समग्र कुराहरुको अध्ययनपश्चात आफूले के खाने र के नखाने आफैंले छुट्याउन सकिन्छ । शाकाहारी खाना खाँदा सबैप्रकारका खाना मिलाएर खानु पर्दछ जसको कारण सन्तुलित आहार पुग्दछ । चिनिँया औषधि विज्ञानका अनुसार मानिसले पाँच रङ्गका खाना मिलाएर खाएमा सन्तुलित पोषण प्राप्त हुन्छ । रातोः जस्तै गोलभेंडा, गाजर इत्यादी, सेतोः मूला, बदाम, काउली, बन्दा, तोफु इत्यादी, हरियोः सागहरु, ब्रोकाउली आदी, पहेंलोः फर्सर्ीीगहुँ, मेवा, चामल, आँप आदी तथा कालोः तील, मासको दाल, भटमास इत्यादी ।
अब समय भएको छ आफैंलाई मृत जनावरहरुको हिड्ने चिहान बनाउने हो कि होइन - मानवियता पर््रदर्शन गरेर जनावरहरुलाई माया प्रदान गर्ने कि उनीहरुको जीवनमा खेलवाड गरेर जंगली स्वभाव प्रस्तुत गर्ने - सोचौं र आजै निर्ण्र्ाागरौं ।
सबैको मंगल होस् ।