Saturday, January 30, 2010

के सपना देख्नु नराम्रो हो-

के सपना देख्नु नराम्रो हो-

धेरै वर्षघि सन् १९६३ को अगष्टमा मार्टिन लुथर किङ बोले," मेरो एक सपना छ ।" उनका सपनाहरु हरेक देशवासी समान हुनर्ुपर्छ र हरेकको अधिकार समान हुनर्ुपर्छ भन्ने थियो । सन.् २००९ मा आएर बाराक ओवामाले भने, " किङको सुन्दर सपना साकार पार्ने समय भयो ।" हलिउडका स्टेभेन स्पिलवर्ग सम्मिलित एउटा चलचित्र कम्पनि छ चलचित्र बनाउने, डि्रम फ्याक्ट्री, सपना उद्योेग, जसले बनायो तीनवटा ओस्कार पुरस्कार प्राप्त जुरासिक पार्क अन्य धेरै चलचित्रहरु । सपनाको उद्योग हुन्छ भने बजार किन हुन्न - उत्पादन हुन्छ भने व्यापार किन हुन्न --
सन् १९८७ मा ब्राजिलियन लेखक पाउलो कोएल्होले एउटा गोठालाको सपनाका बारेमा उपन्यास लेखे ँद अलकेमिस्ट’। ६ करोडभन्दा बढि बिक्री भएको सो पुस्तक पनि त एक सपना नै थियो ।
सन् २००८ मा भारतमा एउटा पुस्तक प्रकाशित भयो ,स्टे हङ्ग्री स्टे फूलिस, भोकै बस मर्ुख बन । मलाई थाहा छैन ती जसका बारेमा पुस्तक लेखियो ती मर्ुख थिए वा थिएनन्, तर उनीहरुका सपनाहरु मर्ुखहरुका भन्दा कम थिएनन्, ती सपनाका लागि, भाग्य बनाउनका लागि हातमा आएको जागिरलाई लात मारेर निस्किए ।
तीनले सपना देखे , भोको बसे, मर्ुख बने अन्तत सफल भए । कोहि साबुन बेचेर जीवन चल्दैन भनेर सडकमा आए, कोहि दास भएर काम गरेर पहिचान छैन भन्दै निक्लिए, कोहि आफ्नो गौरवलायक काम खोदै बाटोमा निक्लिए । अनि मानिसहरुले भने," हेर ती मर्ुखहरु, त्यत्रा ठूला कम्पनिको जागिर छाडेर सपना बेच्न हिँडेकाहरु ! तर तीनले सपना देख्न छाडेनन्, कसैका परिवारका मानिस रिसाए, कसैकाले पर्ुण्ा साथ दिए, कसैलाई साथीहरु बिच बाटोबाटै छाडिदिए, कसैले दुःख बाडे अनि सुखमा रमाए पनि । हो, यसैले सपनाको बाटो हिड्न गाह्रो छ तर असम्भव छैन् । चारजनाले १५००० रुपैयाका दरले लगानी गरेर कम्पनि खुलेको उपलक्ष्यमा पार्टि दिँदा आधा पैसा सक्नेदेखी, सयौं करोडको कम्पनि छाडेर विद्यालय खोल्न हिँडेका समेत छन् । इन्टरनेटको इ थाहा नहुँदा वेवसाइटको संसारमा नोकरी डटकम भन्दै हाम फाल्नेदेखी बिजुलीका सामान बेच्ने कम्पनीलाई उत्खननका सामान उत्पादन गर्ने विशाल कम्पनीमा बदलेका टेगा कम्पनिका कथा सम्म छन् । सबैनजा नयाँ नौलो व्यापारमा लाग्दा वर्षौ पुरानो चिनीको कारोबारमा हात हालेर अर्वपति हुनेका कथा छन् । सिमलामा सानो होटल चलाउने परिवारको मानिसले बैंगलोरमा ठूला होटल बनाएका कथा छन् ।
सुन्न रमाइलो लाग्छ । तर यसका पछाडि दुःख छन्, पीडा छन्, हाँसो भन्दा आँशु बगेका छन् । तर पनि हरेकमा एउटा कुरा समान छः हरेकले आफ्ना सपनामा विश्वास गरे र अडिग रहे र त हजारबाट शुरु भएका कम्पनी आज हजारौं करोड सम्पतिका मालिक छन् ।
सपना पैसा कमाउने मात्र होइन । सेवामा लाग्ने पनि हुन्छ । केहि मानिसहरु छन् जसले जागिरलाई लात मारे र समाजसेवा जुटे । महाविर पुन त्यस्तै व्यक्ति हुन्, सपना देख्ने, जोन उड त्यस्तै व्यक्ति हुन् सपना देख्ने । यहाँ थुपै्र छन् जो सपनालाई साकार पार्न लागिरहेका छन् । यसैले सपना देख्नु पर्छ, यो नराम्रो वा गफ मात्रै हुदै होइन ।
यहाँ आएर कुरो गभ्भिर छ, ती जसजसले सपना देखे, प्राय सबैसंग फुटेको कौडी थिएन, बस थियो त सपना अनि आत्मविश्वास । तीनले दिउँसै सपना देखे । तिनीहरुका कथाले भन्छन्, बस तिमी सपना देख, लगानी गर्नेहरु आउनेछन् ।
हामी युवाहरु कस्ता सपना देख्छौं- यदि देख्छौं भने किन साना सपना देख्ने- किन नराम्रो र गरीब नेपालको सपना देख्ने- शुरु गरौं ठूला र उज्याला सपनाहरु देख्न । यसैले के सपना देख्नु नराम्रो हो र- झक्झक्याऔं तिनीहरुलाई जो सपना देख्नेहरुलाई गिज्याउँछन्, खेदो गर्छन र भन्छन्, दिमाग खुस्किएपछि कसको के लाग्छ- देखाइदिऔं, हाम्रा सपना सपनामात्र होइनन् ती त भविष्यको पुस्ताले गर्व गर्न सक्ने चम्किलो नेपाल निर्माणको सपना हो ।