Saturday, January 30, 2010

के सपना देख्नु नराम्रो हो-

के सपना देख्नु नराम्रो हो-

धेरै वर्षघि सन् १९६३ को अगष्टमा मार्टिन लुथर किङ बोले," मेरो एक सपना छ ।" उनका सपनाहरु हरेक देशवासी समान हुनर्ुपर्छ र हरेकको अधिकार समान हुनर्ुपर्छ भन्ने थियो । सन.् २००९ मा आएर बाराक ओवामाले भने, " किङको सुन्दर सपना साकार पार्ने समय भयो ।" हलिउडका स्टेभेन स्पिलवर्ग सम्मिलित एउटा चलचित्र कम्पनि छ चलचित्र बनाउने, डि्रम फ्याक्ट्री, सपना उद्योेग, जसले बनायो तीनवटा ओस्कार पुरस्कार प्राप्त जुरासिक पार्क अन्य धेरै चलचित्रहरु । सपनाको उद्योग हुन्छ भने बजार किन हुन्न - उत्पादन हुन्छ भने व्यापार किन हुन्न --
सन् १९८७ मा ब्राजिलियन लेखक पाउलो कोएल्होले एउटा गोठालाको सपनाका बारेमा उपन्यास लेखे ँद अलकेमिस्ट’। ६ करोडभन्दा बढि बिक्री भएको सो पुस्तक पनि त एक सपना नै थियो ।
सन् २००८ मा भारतमा एउटा पुस्तक प्रकाशित भयो ,स्टे हङ्ग्री स्टे फूलिस, भोकै बस मर्ुख बन । मलाई थाहा छैन ती जसका बारेमा पुस्तक लेखियो ती मर्ुख थिए वा थिएनन्, तर उनीहरुका सपनाहरु मर्ुखहरुका भन्दा कम थिएनन्, ती सपनाका लागि, भाग्य बनाउनका लागि हातमा आएको जागिरलाई लात मारेर निस्किए ।
तीनले सपना देखे , भोको बसे, मर्ुख बने अन्तत सफल भए । कोहि साबुन बेचेर जीवन चल्दैन भनेर सडकमा आए, कोहि दास भएर काम गरेर पहिचान छैन भन्दै निक्लिए, कोहि आफ्नो गौरवलायक काम खोदै बाटोमा निक्लिए । अनि मानिसहरुले भने," हेर ती मर्ुखहरु, त्यत्रा ठूला कम्पनिको जागिर छाडेर सपना बेच्न हिँडेकाहरु ! तर तीनले सपना देख्न छाडेनन्, कसैका परिवारका मानिस रिसाए, कसैकाले पर्ुण्ा साथ दिए, कसैलाई साथीहरु बिच बाटोबाटै छाडिदिए, कसैले दुःख बाडे अनि सुखमा रमाए पनि । हो, यसैले सपनाको बाटो हिड्न गाह्रो छ तर असम्भव छैन् । चारजनाले १५००० रुपैयाका दरले लगानी गरेर कम्पनि खुलेको उपलक्ष्यमा पार्टि दिँदा आधा पैसा सक्नेदेखी, सयौं करोडको कम्पनि छाडेर विद्यालय खोल्न हिँडेका समेत छन् । इन्टरनेटको इ थाहा नहुँदा वेवसाइटको संसारमा नोकरी डटकम भन्दै हाम फाल्नेदेखी बिजुलीका सामान बेच्ने कम्पनीलाई उत्खननका सामान उत्पादन गर्ने विशाल कम्पनीमा बदलेका टेगा कम्पनिका कथा सम्म छन् । सबैनजा नयाँ नौलो व्यापारमा लाग्दा वर्षौ पुरानो चिनीको कारोबारमा हात हालेर अर्वपति हुनेका कथा छन् । सिमलामा सानो होटल चलाउने परिवारको मानिसले बैंगलोरमा ठूला होटल बनाएका कथा छन् ।
सुन्न रमाइलो लाग्छ । तर यसका पछाडि दुःख छन्, पीडा छन्, हाँसो भन्दा आँशु बगेका छन् । तर पनि हरेकमा एउटा कुरा समान छः हरेकले आफ्ना सपनामा विश्वास गरे र अडिग रहे र त हजारबाट शुरु भएका कम्पनी आज हजारौं करोड सम्पतिका मालिक छन् ।
सपना पैसा कमाउने मात्र होइन । सेवामा लाग्ने पनि हुन्छ । केहि मानिसहरु छन् जसले जागिरलाई लात मारे र समाजसेवा जुटे । महाविर पुन त्यस्तै व्यक्ति हुन्, सपना देख्ने, जोन उड त्यस्तै व्यक्ति हुन् सपना देख्ने । यहाँ थुपै्र छन् जो सपनालाई साकार पार्न लागिरहेका छन् । यसैले सपना देख्नु पर्छ, यो नराम्रो वा गफ मात्रै हुदै होइन ।
यहाँ आएर कुरो गभ्भिर छ, ती जसजसले सपना देखे, प्राय सबैसंग फुटेको कौडी थिएन, बस थियो त सपना अनि आत्मविश्वास । तीनले दिउँसै सपना देखे । तिनीहरुका कथाले भन्छन्, बस तिमी सपना देख, लगानी गर्नेहरु आउनेछन् ।
हामी युवाहरु कस्ता सपना देख्छौं- यदि देख्छौं भने किन साना सपना देख्ने- किन नराम्रो र गरीब नेपालको सपना देख्ने- शुरु गरौं ठूला र उज्याला सपनाहरु देख्न । यसैले के सपना देख्नु नराम्रो हो र- झक्झक्याऔं तिनीहरुलाई जो सपना देख्नेहरुलाई गिज्याउँछन्, खेदो गर्छन र भन्छन्, दिमाग खुस्किएपछि कसको के लाग्छ- देखाइदिऔं, हाम्रा सपना सपनामात्र होइनन् ती त भविष्यको पुस्ताले गर्व गर्न सक्ने चम्किलो नेपाल निर्माणको सपना हो ।

Saturday, December 19, 2009

From Confucius Teaching

Confucius believed that social disorder often stemmed from failure to perceive, understand, and deal with reality. Fundamentally, then, social disorder can stem from the failure to call things by their proper names, and his solution to this was Zhèngmíng (Chinese: [正名]; pinyin: zhèngmíng; literally "rectification of terms"). He gave an explanation of zhengming to one of his disciples.

Zi-lu said, "The ruler of Wei has been waiting for you, in order with you to administer the government. What will you consider the first thing to be done?"
The Master replied, "What is necessary to rectify names."
"So! indeed!" said Zi-lu. "You are wide off the mark! Why must there be such rectification?"
The Master said, "How uncultivated you are, Yu! A superior man, in regard to what he does not know, shows a cautious reserve.
If names be not correct, language is not in accordance with the truth of things.
If language be not in accordance with the truth of things, affairs cannot be carried on to success.
When affairs cannot be carried on to success, proprieties and music do not flourish.
When proprieties and music do not flourish, punishments will not be properly awarded.
When punishments are not properly awarded, the people do not know how to move hand or foot.
Therefore a superior man considers it necessary that the names he uses may be spoken appropriately, and also that what he speaks may be carried out appropriately. What the superior man requires is just that in his words there may be nothing incorrect."
(Analects XIII, 3, tr. Legge)

Saturday, December 5, 2009



What Heaven speaks to human being is to smile.
What Heaven wants us to do is helping others.
What Heaven Gives us are numerous Miracles.
What Heaven hope from us is to listen nature's Voice.

Let's walk buddha's way! And Let's realize to be a buddha is not easy as we think.
A Hard life is there waiting us to sharpen and to make us wise which can lead to reach buddhahood if the road not forgetten forever.


When we listen nature's Voice then miracle will happen.
when we help others then smile will come.
So what Heaven thinks about us is about our Action in right way.

Wednesday, September 16, 2009

सिकेको पाठ

एक दिन एउटा धनी परिवारको बाबुले छोरालाई अरु मानिसहरु कति धनी छन् भनेर देखाउन देश भ्रमण गरायो । तिनीहरु एक गरिब देखिने परिवारको घरमा केहि दिन बसे । एकदिन बाबुले छोरालाई सोध्यो,ँ भ्रमण कस्तो भयो त छोरा-’
ँ सारै राम्रो बुबा’ छोराले भन्यो ।
बाबुले सोध्यो,ँ गरिबहरु कसरी जिउछन.् देख्यौ त -’
ँ अँ’ छोराले उत्तर दियो ।
बाबुले उत्साहित हुदैं भन्यो,ँ त्यसो भए तिमीले भ्रमणबाट के सिक्यौ मलाई बताऊ ’
छोराले भन्यो,ँ हामीसंग एउटा कुकुर छ, तिनीहरुसंग ४ वटा छन् । हाम्रो सानो पौडी पोखरी छ, तिनीहरुसंग पुरै खोला छ; हाम्रो बगैंचामा बत्तिहरु छन्, तिनीहरुसंग सारा संसारका ताराहरु छन् । हाम्रो बगैंचा ठूलो छ तर उनीहरुको बगैंचाले क्षितिज छोएको छ । हामीसंग जमिनको टुक्रा छ, तिनीहरुसंग हाम्रा आँखाले नभ्याउने खेत छ; हाम्रो घरमा नोकरहरु छन्, उनीहरु अरुको सेवा गर्दछन् । हामी खाना किन्दछौं, तिनीहरु अन्न उब्जाउछन् । हाम्रो घरको रक्षाका लागि पर्खाल लगाइएको छ, तिनीहरुको रक्षामा तिनीहरुकै साथीहरु छन् । ’
उसले बाबुको अनुहारमा हेर्‍यो, बाबु निशब्द भएको थियो ।
उसले अन्तमा भन्यो,ँ बुबा, तपाईलाई धन्यवाद छ, तपाई आज हामी कति गरीब छौं भनेर मलाई चिनाइदिनुभयो ।’

Saturday, September 12, 2009

किन एक शाकाहारी हुने

परिचय
हामी प्रायः शाकाहारीताको कुरा गर्दा मासु नखाने भन्ने मात्र बुझदछौं । मासुमा के हुन्छ जोे अन्य खाद्य पदार्थमा हुदैन भनेर चाहिँ कहिल्यै खोजी गर्दैनौ । के खाने के नखाने भन्नुभन्दा अगाडि हामीले किन खाना खानर्ुपर्दछ भनेर बुझनु जरुरी हुँदैन र - खानाको यो पाटो पट्ट िचाहिँ हामीले आँखा चिम्लिनछौं । आज हामी यी यावत कुराहरुलाई विस्तारमा हर्ेर्ने प्रयास गर्नेछौं र मासु खानु ठीक या बेठिक आफैं निर्ण्र्ाागर्नेछौं । यो पुस्तिकाको उद्देश्य पाठकलाई शाकाहारी बन्नर्ैपर्छ भन्ने होइन तर खानाका बारेमा स्वयंले निर्ण्र्ाागर्न मद्दत मिलोस् भन्ने हो ।
सामान्यतया हाम्रो नेपाली समाजमा विद्यमान सोच के छ भने मासुले शरीरलाई आवश्यक सम्पर्ूण्ा कुरा प्रदान गर्दछ जो अन्य वनस्पतीजन्य तरकारीहरुले प्रदान गर्न असफल हुन्छ । तर हामीमध्ये कतिले मासुले दिने पोषक तत्वहरु कति छन् तथा बेफाइदा कति छन् भनेर जाँचेका छौ - वनस्पतीहरु तथा गेडागुडीहरुले दिने फाइदा कति छन् भनेर जाँचेका छौ त - पक्का पनि जाँचेका छैनौं । मात्रै हामी सुनेर आएका कुरालाई आधार मानेर पालना गरिरहेका छौं । के यो बाबुले बिरालो बाँधेर श्राद्ध गरेका कारण छोराले पनि बिरालो खोजेर ल्याएर बाँधेर मात्र श्राद्ध गरेको जस्तो भएन र - हामी बुझेर भन्दा पनि अन्धाधुन्द खाना खाइरहेका छौं ।
हरेक विषयका विभिन्न आयामहरु हुन्छन् । हरेक दृष्टिकोणबाट हर्ेन सक्यौ भने मात्र हामी त्यस विषयमा जानकार हुन सक्छौं नत्र अन्धाले हात्ति छामेर हात्ति नाङलो जस्तो, डोरी जस्तै भनेझैंं हुनेछ । यसैले हामी शाकाहारीतालाई विभिन्न दृष्टिकोणबाट हेरौं । विषयगत रुपमा अध्ययन गर्दा निम्न दृष्टिकोणबाट मांशाहारीहरुले मासु खानाका फाइदा वर्ण्र्ाागर्दछन् । आज हामी उनीहरुकै दृष्टिकोणबाट अध्ययन गरौंं के मासु मात्र नै पोषणको आधार हो त-

क) स्वास्थ्यको आधार वा पोषणको तुलना
ख) बातावरणीय र पर्यावरणीय दृष्टिकोण
ग) शारीरिक आधार
घ) सामाजिक दृष्टिकोण
ङ) आर्थिक दृष्टिकोण
च) आध्यात्मिक वा धार्मिक दृष्टिकोण
छ) अन्य
क) स्वास्थ्यको आधार वा पोषणको तुलना
आफ्नो शरीरलाई हामी कतिखेर स्वस्थ मान्दछौं - त्यतिखेर जब यसले गर्ने हरेक कार्य कुनै अवरोध विना नै शरीरले गरिरहेको हुन्छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई यसप्रकार परिभाषित गरेको छ,"स्वास्थ्य भनेको विरामी वा कमजोरीबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक र सामाजिक रुपमा शान्त रहन सक्नु र सुन्दरता प्राप्त गर्नु हो ।"
अब हामी मासुजन्य खाना र वनस्पतिजन्य पदार्थले दिनसक्ने पोषणहरुको तुलना गरौं । अमेरिकी खाद्य संस्था तथा क्यानडाका खाद्य विशेषज्ञहरुको अध्ययन अनुसार शाकाहारी खानामा शरीरलाई चाहिने सम्पर्ूण्ा तत्वहरु जस्तै, संतृप्त तैलीय पदार्थ -क्बतगचबतभम ाबत), कोलेस्ट्रोल, प्रोटिन, कार्वोहाइड्रेट, रेसाहरु, म्याग्नेसियम, फलाम शरीरलाई पुग्दो मात्रामा उपलब्ध हुन्छ । शाकाहारी खानामा पाइने यी तत्वहरुको ठीक मात्राका कारण शाकहारी व्यक्तिहरुलाई रक्तचाप, उच्च कोेलेस्ट्रोल,मृटुको रोग जस्ता गम्भिर रोगहरु कम लाग्दछन् । शाकाहारी खानामा फ्याट्टी एसीड र भिटामिन बी १२ कम पाइन्छ तर दुग्ध पदार्थहरुबाट यो सजिलै प्राप्त हुन्छ, यसैले यो कुनै समस्या होइन । शाकाहारी खानामा मासुमा भन्दा केहि कम तर पयांप्त प्रोटिन पाइन्छ । सामान्यतया मानिसहरु वनस्पतिजन्य खानामा प्रोटिन कम हुने कुरा गर्दछन् तर यो कुरा गलत हो । उदाहरणका लागि, एक कप भटमासको खाद्यान्न खाँदा २९ ग्राम प्रोटिन प्राप्त हुन्छ जसले ९.६ ग्राम प्रति १०० क्यालोरी प्रोटिन दिन्छ । सामान्य पुरुषलाई २.५ देखि २.९ ग्राम प्रोटिन प्रति १०० क्यालोरी शक्तिमा चाहिन्छ भने महिलाका लागि २.१ देखि २.४ ग्राम प्रति १०० क्यालोरी शक्तिमा चाहिन्छ । यो प्रोटिनको माग पुरा गर्न गेडागुडि, तोफु, च्याउ, पनिर जस्ता खानेकुरा सक्षम छन् । शरीरलाई प्राटिनबाट चाहिने कुरा भनेको एमिनो एसिडहरु हुन. जुन शाकाहारी खानेकुराबाट पर्याप्त पाइन्छन् । त्यसै गरि शरीरलाई चाहिने फलाम पनि वनस्पतिजन्य खानेकुराबाट पुग्दो रुपमा प्राप्त हुन्छ । जसका लागि बदाम, गेडागुडी, गहुँ, गोलभेंडाको रस, र्सर्ूयमुखी फूलको विउ इत्यादी कुरा खानु जरुरी हुन्छ ।
यसभन्दा बाहेकका अन्य सबै शारीरिक आवश्यकताका तत्वहरु सहजै शाकाहारी खानेकुराबाट प्राप्त हुने कारण पोषण पुग्दैन भन्नु मध्यान्हमा घाम तापेर पनि तातो पुग्दैन भने जस्तै हो ।

ख) बातावरणीय र पर्यावरणीय दृष्टिकोण
मानिसहरु के भन्दछन् भने हरेक जीव अर्को जीवको आहार हो; यो प्रकृतिको नियम हो, पर्यावरण सन्तुलनमा रहन एक जीवलाई अर्कोले खानु अत्यावश्यक छ । तर एक जीवको खाना त्यो हो जुन ऊ सानै हुँदा देखि खान दिइन्छ वा उसले सानो उमेर देखि नै पचाउन सक्छ । बाघले आफूले शिकार गरेर ल्याएर आफ्ना सन्तानलाई त्यसबाट खाना दिन्छ । यहि आधारमा हर्ेर्ने हो भने के मानिसले आफ्ना ६ महिर्ना पुगेका नानीलाई मासु खान दिएको छ त - फेरी प्रकृतिमा मासुमा नै आश्रति जीवले आफूलाई प्राप्त मासु जस्तो अवस्थामा प्राप्त भएको हो सोही रुपमा नै खान्छ । तर मानिस त जस्तो अवस्थामा मासु पायो खादैन नि त । किन - किनभने उसको शरीरले त्यसलाई ग्रहण गर्नै सक्दैन । अनि अर्को जीवलाई पकाएर गलाएर खान भनि मानिस तम्सन्छ । अनि हामी के भन्न पछि पर्दैनौ भने हामीले खाएनौं भने त खसी, कुखुराहरुको जनसंख्या बढिहाल्छ नि । तर यसो भनिरहँदा हामी के बिर्सन्छौ भने हामीले आफ्नो उपभोगका निम्ती मात्र उनिहरुको उत्पादन गरिरहेका छौं । यो पो झन् प्रकृतिको नियम विपरीत भयो । यसैले पर्यावरण जोगाउन मासु खानर्ुपर्छ भन्नु महामर्ूखताको परिचय हो ।
अहिले संसारमा उत्पादन भएका अन्नहरुको खपत हर्ेर्ने हो भने मानिसहरुले खपत गरेको अन्न भन्दा मासुका लागि भनेर पालिएका जनावरहरुले खाएको अन्नको परिमाण ज्यादा छ । प्रति एक जनाले वाषिर्क रुपमा खपत गर्ने अन्न करीब एक टन छ । जसमध्ये १५५ पाउण्ड मानिसले प्रत्यक्ष रुपमा खपत गर्दछ, बाकिँ ८४५ पाउण्ड भने मासु उत्पादनका लागि पालिएका जनावरहरुले खान्छन् । अब हामी विचार गरौं हामी के मा लगानी गरिरहेका छौं त - १० एकड जमिनले ६१ जना मानिसलाई पुग्ने प्रोटिन उत्पादन गर्दछ जबकि गाई, र्भैसीको मासुमा आश्रति मानिस जम्मा २ जनाका लागि मात्र प्रोटिन उत्पादन हुन्छ । अब हामी आफैं विचार गरौर्ं हाम्रा श्रोतहरुको दुरुपयोग हामी कसरी गरिराखेका छौ - पर्यावरणको नियमले के भन्छ भने तल्लो तहमा भएका प्राणिहरुले खाना ज्यादा खपत गर्दछन् जबकि माथिल्लो तहमा भएका जनावरहरुले कम खाना खपत गर्दछन् । यसो हो भने हामी धेरै जनावरहरु पालेर धेरै खर्चले कम प्रतिफल लिनका लागि मासु उत्पादन गरिरहेका छौ ! आर्थिक रुपमा पनि हामीले आफैंलाई बोझ पारेको होइन र -
सन् २००६ मा संयुक्त राष्ट्रसंघको तदारुकतामा भएको अध्ययनले जनाए अनुसार जनावर उत्पादनशालाहरु पनि विश्वव्यापी वातावरण क्षय, जलबायु परिवर्तन तथा जैविक विविधता नाशका कारणहरुमध्ये एक हुन् । पर्यावरीणीय प्राध्यापक डेविड पिमेन्टलले दावि गरेका छन्,"यदि हाल अमेररिकामा उत्पादन भएका अन्नहरु सिधै मानिसहरुलाई खुवाउने हो भने ८० करोड मानिसहरुलाई खुवाउन पुग्छ ।" थोरै वस्तुभाउ घरायसी प्रयोजनका लागि पाल्नु ठीकै हो तर मासु उत्पादनका लागि पालिएमा तिनीहरुले प्रयोग गर्ने अन्न वास्तवमा नै खेर फालिएको हो । एक पाउण्ड गहुँ उत्पादन गर्न २७.२१ के.जी पानी लाग्दछ जबकि एक पाउण्ड मासु उत्पादन गर्न ११३४ देखि २७२१.६ केजीसम्म पानी लाग्दछ । ल हेरौं त अमुल्य पानीको दुरुपयोग !

ग) शारीरिक आधार
आकाशमा उड्ने बाजदेखि जमिनमा बस्ने बाघसम्म मासु खाने जीव र हामी मानिसको शरीरको बनावट हेरौं । हाम्रो शरीर मासु खानका लागि उपयुक्त छ या छैन -
अ) हामी हाम्रा हातका औला र नङ हेरौं । अब बाघ या कुनै मासु खाने जीवको हातका औला र नङ हेरौं । के समानता छ त - छैन नि । जसको अर्थ के हो भने प्रकृतिले हाम्रो हात मासु च्यात्नलाई दिएकै होइन ।
आ) हाम्रो मुखको बनावट हेरौं । हाम्रा दाँत मिलेका सलक्क परेका छन् । अब बाघ वा कुकुरकै मुखको बनावट हेरौं । उनिहरुको दाँत तिखा र दायाँवाँयाका दाँतहरु लामा छन् नि । हामी पनि मासु खाने जीव भए त हाम्रो पनि उनिहरुको जस्तै लामा दाँत दुवै तिर हुनु पर्ने हो । यसले पनि के बताउँछ भने हाम्रो मुख मासु खानका लागि बनेको होइन रहेछ । तैपनि हामी यहि मुखका लागि मासु खान्छौं, पेटका लागि होइन !
इ) हामीलाई गर्मि भयो भने छालाबाट पसिना आउँछ तर मासु खाने जनावरहरुलाई गर्मि हुँदा के गर्दछन् - मुखबाट ज्रि्रो बाहिर निकाल्छन् । गर्मि भयो भनेर ज्रि्रो बाहिर निकाल्ने मानिस त देखिएको छैन आजसम्म । यसले पनि हामी मांसाहारी होइनौं भन्ने प्रमाणित गर्दछ । र्
इ) यस्तै हाम्रो पेटमा खाना पच्नका लागि उत्पादन हुने हाइड्रोक्लोरिक अम्ल निकै पातलो हुन्छ । जबकि मांसाहारी जीवको हाइड्रोक्लोरिक अम्ल मानिसमा भन्दा बिस गुणा बढि कडा हुन्छ । यसको अर्थ हाम्रो पेटलेे मासुलाइ सजिलै पचाउन सक्दैन ।
यी र अन्य धेरै शारीरिक प्रमाणहरु छन् जसले मानिस शाकाहारी हो मांसाहारी होइन भन्ने जनाउँछ ।

घ) सामाजिक दृष्टिकोण
हामी समाजदेखि डराउँछौ किनकी हामीलाई थाहा छ एकपटक नराम्रो छाप बसेपछि त्यो हट्न गाह्रो पर्दछ । हामीलाई भोजमा जानर्ुपर्दछ जहाँ थरिथरिका मासु राखिएका हुन सक्छन् । मानौं हामीले मासु नखाएमा के होला - हामीलाई उनीहरुले हर्ेर्ने दृष्टिकोणमा के होला - हामीलाई फेरीफेरी नबोलाउने पो हुन् कि- यस्ता धेरै प्रश्नहरुले मानिसलाई सदैव सताइरहन्छ । हाम्रा आफ्ना कुलदेवता पूजा गर्नुपर्दछ । त्यो गर्दा त बलि दिनर्ुपर्दछ । म त बलि दिन्न भन्दा अरुले के भन्लान् जस्ता प्रश्नका कारण पनि हामी शाकाहारी बन्नलाइ बाधा पुगेको देखिन्छ । तर मानिस जन्मदै स्वतन्त्रताका साथ आएको हुन्छ । तपाईं म मासु खान्न भन्नु हुन्छ भने तैले मासु खानै पर्छ भनेर कोच्याउन आउनेवाला कोहि छैन । यो त मात्र तपाईंको मासुप्रतिको लालसा हो जो अन्य कारणहरु देखाई मासुमा रमाइरहन चाहन्छ । तपाईको कुलदेवताको पूजामा मासु चढाइन्छ भने त्यसमा आत्तिनुपर्दैन । हिन्दर्ुधर्ममा भनिएको बलि पञ्चबलि हो जुन आफ्नै खराब बानिहरु हटाएको संकेतका रुपमा दिनुपर्ने हो । त्यसका लागि फर्सि, काक्रो, लौकाजस्ता बनस्पतिहरु प्रयोग गर्न सकिन्छ । साथै पानीसहितको नरिवल पनि धेरै उपयुक्त कुरा हो । सकेसम्म त बलि दिने प्रथा हटाएको राम्रो हो । कुनै पनि देवताले जीवको मासु खादैनन । यो त मात्र मानिसहरुले आफूले खानका लागि देवताको नाम देखाएको हो । यो त मात्र जंगली संस्कृती हो ।

ङ) आर्थिक दृष्टिकोण
हामी नेपाली संसारमा खानमा लागि सारै भाग्यमानि छौं किनकी यहाँ पर्याप्त तरकारी सुपथ मुल्यमा पाइन्छ । तर पनि हामी आफ्नो आर्थिक स्तर देखाउने तरिकाका रुपमा हप्ताको कतिचोट मासु खान्छौं- भनेर बताउन रुचि प्रकट गर्दछौं । हाम्रा लागि मासु खानु भनेको आर्थिक स्तर सुदृढ छ भनि देखाउने मापदण्ड हो । तर मासु खानु नै आर्थिक स्तरको मापदण्ड भए त धेरै मानिसहरु त्यस्ता छन् जो सम्पन्न छन् तर मासु खादैनन् । के उनीहरु आर्थिक तवरले सबल छैनन् त । अर्को कुरा नेपालमा एक केजी गेडागुडी करीब ६० वा ७० रुपैयाको हाराहारीमा पाइन्छ जबकि एक केजी कुखुराको मासु झण्डै २५० रुपैयाको हाराहारीमा पर्दछ । आफ्नो आम्दानीका हिसाबले हर्ेर्ने हो भने झण्डै चारगुणा बढि रुपैया एक छाक मासुका लागि मात्र हामी खर्च गरिरहेका छौं । त्यो रुपैया हामी अन्य केही काममा खर्च गर्न सक्थ्यौ कि- कुनै बृद्धाश्रममा दान दिन सक्थ्यौ कि - तर मानिस मासु खानुमा गर्व गर्दछ परोपकारमा होइन ।

च) आध्यात्मिक वा धार्मिक दृष्टिकोण
धेरै मानिसहरु के सोच्दछन् भने जो मानिसरु धर्मकर्मर्मा लागेका छन् उनिहरु नै शाकाहारी हुन्छन् अरु होइन । तर सधैैं यो कुरा साँचो हुन्न । यहाँ त्यस्ता थुप्रै मानिसहरु छन् जो धार्मिक मार्गमा नलागे तापनि शाकाहारी छन् । र्
धर्मले हामीलाई अर्को जीवनप्रति सम्मान सिकाँउछ, मानवियता सिकाउँछ र नैतिकता सिकाउँछ । हरेक प्राणिमा रहेको समान शास्वत गुणका बारेमा बताउँछ । हर प्राणि एकै श्रोतबाट आएको सत्यता सिकाउँछ । हामी मानिस आफूलाई चेतनशील भन्न रुचाउने तर अर्को जीवनको महत्व, भावना र चेतनालाई वास्ता नगरि आफ्नो खाना बनाउने हो भने आफूले आफैंलाई चेतनशील भन्ने अधिकार मानिसमा छैन । धेरै महत्वपर्ूण्ा कुरा के हो भने आध्यात्मिक वा धार्मिक मार्गको मानिसले यो जीवनका बारेमा मात्र सोच्दैन, कैयन जीवनहरुका बारेमा सोच्दछ । उसले खाने मासु जुन प्राणिबाट आएको हो, हुनसक्छ अघिल्लो जीवनमा त्यो प्राणि उसको अभिभावक वा नजिकको व्यक्ति थियो कि । अर्को कुरा बिभिन्न धार्मिक मार्गहरु तथा तिनीहरुका ग्रन्थहरुले पुण्य कमाउनका लागि हिंसा त्यागि-मासु त्यागि) सर्त्कर्म गर्न प्रेरित गरेका छन् । उदाहरणका लागि केही सामान्य जानकारी निम्न छन्ः
अ) बौद्ध धर्मले शुरुमा पञ्चशीलअर्न्तर्गत अहिंसालाई राखेको छ । गौतम बुद्धले मासुको सेवनले बुद्धत्वको बिउलाई मार्ने कुरा बताउनु भएको छ । लंकावतार सुत्रमा बुद्धले बताउनु भएको छ,"त्यो जो बुद्धबाट सिक्न चाहन्छ उसले मासु त्याग्नै पर्दछ, जो बुद्धले नै मासु खान भन्नुभएको छ भनेर बुद्धका शिक्षाको आलोचना गर्दछ ऊ तीन प्रकारका दुःखका मार्गहरु र्-नर्क, भोका प्रेत र जनावर) फस्दछ ।
आ) इर्साई धर्मको ग्रन्थ बाइबलले पनि शाकाहारीतालाई प्रष्ट पारेको छ । यसको उत्पत्ति पाठमा भनिएको छ,"हरेक विउ लाग्ने फल विरुवा र फलफूलका रुखहरु त्रि्रो खानाका लागि हुन् ।" यहाँ भनिएको छ खाना भनेको मानवका लागि विउबाट उत्पन्न हुने अन्न र रुखहरुबाट प्राप्त फलफूल नै हुन । कुनै हिड्ने डुल्ने जीव होइन । यस धर्मका दश निर्देशनहरु मध्ये अहिंसा पनि एक रहेको छ ।
इ) हिन्दु धर्ममा शाकाहारीतालाई निकै महत्व दिइएको छ । जो आध्यात्मिक साधना गर्दछन् उनीहरु माछामासु सहित लसुनप्याज समेत सेवन गर्दैनन् । माछा मासुमा धेरै चिल्लोपदार्थ हुन्छ र पचाउन कठीन हुन्छ । श्रीमद् भगवतगीतामा श्रीकृष्ण भन्नुहुन्छ,"सारै तितो, अमिलो, नुनिलो, अति तातो, तिखो स्वादका, रूखो, पेट पोल्ने खाना रजोगुणि व्यक्तिलाई मन पर्दछ । यस्ता खानाले दुःख शोक तथा रोग उत्पन्न गराउँछन् । -१७-९)यसको अर्थ के हो भने त्यो खाना खानुहुन्न जसले पेट पोल्छ, तिखो स्वादको हुन्छ । यहाँ मासु नै त्यस्तो खाना हो साथै धेरै मसालादार खाना पनि खान नहुने कुरा बताइएको । यसले दुःख र शोक निम्त्याउँछ भन्नुको अर्थ मासु खाँदा त्यो जीव र आफूलाई दुःख हुन्छ र अन्तमा मासु खानेको जीवनमा रोग निम्त्याउँछ । यस धर्ममा रहेको भनिएको बलि प्रथा धर्मकै कलंंकका रुपमा रहेको छ । यसैले बलि प्रथा अन्त्य गर्नु हिन्दु धर्मका लागि समेत उत्तम हुन्छ ।
उ) दिव्य साधनाको मार्ग तावमा परमात्मा, परमेश्वर-लाऊ मू) ले आफ्ना सन्तान -मानव जाति)लाई पृथ्वीमा खानेकुराको बारेमा बताउनु भएको छ," तिमि पृथ्वीमा पुग्ने आफ्नो भोक र्टार्नको लागि फलफूलहरू टिपेर खाना बनाउन सक्छौ र तिर्खाएको बेला पानी पिउन सक्छौ ।"
झण्डै ८२० वर्षअघि चिनका जन्मिनुभएका बुद्ध चि कोङ जसलाई जीवित बुद्ध पनि भनिन्छ, उहाँले खानेकुराको बारेमा भन्नुभएको छ," यस संसारमा सबैभन्दा खानामा खराब कुरा मासु हो र सबैभन्दा क्रुरता भनेको प्राणीहत्या हो । आशिर्वादहरू प्राप्त गर्ने सबैभन्दा राम्रो उपाय स्वयंलाई सबै प्रकारका खराब बानिबाट टाढा राखि अवलोकन गनर्ुृ हो र दान दिनु हो । लामो आयु प्राप्त गर्न जीवन लिने होइन बरू पिँजडामा भएका जन्तुहरूलाई पनि स्वतन्त्र गरीदिनु हो ।"
ऊ) जैन धर्ममा अहिंसा नै परम धर्म हो । यसैले यस धर्मका अग्रजहरु मुख छोपेर बस्ने गर्दछन् जसका कारण सुक्ष्म जीवको हत्याबाट पनि बच्न सकियोस् । हिड्दा समेत उनीहरु निकै र्सतर्क भएर हिड्ने गर्दछन् । मृत जनावरबाट प्राप्त कुनै पनि खानालाई त्यहाँ अनुमति छैन ।
ए) सिख धर्ममा प्रष्ट भनिएको छ यसका विषयमा मर्ूखहरुले मात्र कुरा गर्दछन् । जुन खाना साधारण छ त्यो खानु पर्दछ । दशौं गुरु, गुरु गोबिन्द सिंहल सिखहरुलाई मासु सेवनबाट वर्जित गर्नुभएको छ जो हलालबाट आएको हुन्छ ।

यसैगरि हाल प्रचलनमा रहेका अन्य धेरै धार्मिक मार्गहरुले मांशाहारलाई निषेध नै गरेका छन् । यी सबैले के प्रतिविम्बित गर्दछन भने जे रोप्यो त्यही फल पाइन्छ । यदि हामी यो जीवनमा अन्य जीवनको मृत्युका लागि जिम्मेवार हुन्छौ भने हामीले त्यसको मोल चुकाउनै पर्दछ । कारण र परिणामको सुत्रले भन्दछ जो मार्दछ ऊ मर्नुपर्दछ । के अब पनि हामी यो मर्ने र मार्ने चक्रमा पर्न जानाजानी हाम फाल्ने कि यसबाट मुक्त हुने - हामी आफैंलाई यो खराब, अमानविय कार्यबाट मुक्त गराउन पनि कोही अरु नै आइदेओस् भनेर सोच्दछौ भने यो भन्दा ठूलो मर्ूखता केही हुदैन ।

छ) अन्य कारणहरु
माथि उल्लेखित कारणभन्दा अरु केही कारणहरु पनि छन् जसले शाकाहारीतालाई प्रोत्साहन गर्दछ । यदि हामी तरकारी बजार घुम्न गयौं भने वनस्पतिजन्य तरकारी राखेको स्थान भन्दा माछा र मासु राखेको ठाउँपट्ट िज्यादा दर्ुगन्घ आइराखेको हुन्छ । वास्तवमा मासुजन्य पदार्थहरु चाँडो गल्ने कारण त्यसो भएको हो । अर्को कुरा मासुजन्य पदार्थहरुको विक्रि स्थलमा देख्दै फोहर देखिने तथा झिंगा ज्यादा भन्किरहेका हुन्छन् । जब कुनै जनावरलाई मारिन्छ, उनिहरुको शरीर डर र रीसले भरिएको हुन्छ, सो बेलामा उनीहरुको शरीरमा मानिसको शरीरलाई हानी पुर्‍याउने विभिन्न हर्मोनहरु उत्पन्न हुन्छन् र त्यो मासु खाँदा मानिस रोगी हुने सम्भावना ज्यादा हुन्छ ।

रोगहरुका बारेमा
हामी सामान्यतयाः मासुका बारेमा कुरा गर्दा पोषक तत्वका बारेमा मात्र कुरा गर्दछौं । आज हामी हेरौं मासुले निम्त्याउने रोगहरु तथा महामारीहरु कति छन् त-
सन् २००३ मा दक्षिण पर्ूर्वी एसियाबाट शुरु भएर संसारमा फैलन पुगेको रोग "र्सार्स"को भाइरस मासुबाट आएको मानिन्छ । जसले केहि दिनको अन्तरालमा ७७४ जनाको ज्यान लियो र ८०९८ जनालाई प्रभावित पार्‍यो । त्यस्तै अर्को रोग "वर्ड फ्लू"को भाइरस चराहरुबाट आएको हो । जसले थुप्रै मानिसहरुको ज्यान लिएको थियो तथा धेरैलाई प्रभावित पार्‍यो । नेपालमा पनि २०६५ सालमा झापामा यो रोग कुखरामा सरेको आशंकामा झण्डै २४००० कुखुराहरु जिउदैं मारिए । के आफ्नो खाना चाहिँ हामी नियन्त्रण नगर्ने तर वेकसुर कुखुरा चाहिँ मार्ने - यो मानवियता हो त- सन् २००९ को मार्चमा देखा परेको महामारी "स्वाइन फ्लू"सुंगुरबाट मानिसमा सरेको थियो जसले २ हप्ताको अन्तरालमा १६ जनाको ज्यान लियो भने झण्डै १००० जना प्रभावित भए । त्यस्तै अर्को रोग छ "पागल गाई रोग" जसका कारण लाखौं गाईहरु मर्ने अनुमान छ । गाई तथा गोरुको मासु पश्चिमा देशमा ज्यादा प्रयोग गरिन्छ ।
धेरै अध्ययनहरु भएका छन् जसले मांशाहारीहरु भन्दा शाकाहारीहरुमा मुटुको रोग तथा क्यान्सरको संभावना ज्यादै कम हुने देखाएको छ । सन् १९७८ मा अमेरीकी क्लिनिकल पोषण जर्नलमा छापिएको रिपोर्टका अनुसार मुटुका रोगबाट हुने मृत्युको संभावना मांशाहारीभन्दा शाकाहारीमा ८८ प्रतिशतले कम हुन्छ । त्यस्तै सन् १९८१ को विश्व तथ्याङ्क अनुसार मासु खानेहरुमा आन्द्रा तथा स्तनको क्यान्सरको संभावना ज्यादा छ । अर्को कुरा शाकाहारीहरुको औसत रक्तचाप १२८/७९ रहेको छ जबकि मांशाहारीहरुमा १४६/९३ रहको छ । यसले के देखाउँछ भने मांशाहारीहरुमा उच्च रक्तचापको समस्या ज्यादा हुन्छ । मांशाहारीहरुमा कोलेस्ट्रोलको मात्रा उच्च हुनाले मुटुको समस्या हुने संभावना समेत धेरै हुन्छ । मासुको सेवनले हुने अन्य रोगहरु पनि छन् जस्तैः हडि्ड खिइने रोग -ओस्टियोपोरोसिस), अल्सर, पत्थरी, मृगौलाको रोग, बाथ, एपेन्डिसाइटिस इत्यादी ।
रसियन आदिवासीहरु ँकिन्गिज’हरुको औसत उमेर ३०-४० वर्षरहेको छ, जो अत्याधिक मासु खान्छन् । जबकि उत्तरी भारत तथा पाकिस्तानका आदिवासीहरु ँहुन्जा’हरुको औसत उमेर ९०-१०० वर्षछ जो मासुको सेवन अत्यन्तै कम गर्दछन् र केही मासु नै लिदैनन् । शाकाहारी खानामा चिल्लो पदार्थ निकै कम हुने कारण शाकाहारीहरुमा बुढ्यौली ढिलो शुरु हुने कुरा पनि अध्ययनले देखाएको छ ।

लसुन प्याजका बारेमा
धेरै जसो आध्यात्मिक व्यक्तिहरु लसुन, प्याज, छ्यापी, डुण्डु, सर्ुर्ति जस्ता कुरा पनि सेवन गर्दैनन् । वास्तवमा ती कुराहरु सेवन नगर्नुको कारण तिनीहरुले उत्पन्न गर्ने दर्ुगन्धित ग्याँस नै हो । यी पदार्थहरुको सेवनले केहि व्यक्तिहरुको विचमा बस्न गाह्रो पर्ने, आध्यात्मिक साधना गर्दा मानसिक विचलन हुने गर्दछ जसको कारण यिनीहरुलाई नखाने गरिएको हो । यी कुराहरु काँचो रुपमा खाँदा गन्ध दिने तथा पकाएर खाँदा अनैतिक विचार आउने गर्दछ ।
बुद्धले बताउनु भए अनुसार जो व्यक्ति लसुन प्याजको सेवन गर्दैनन् र सत्यताको साधना गर्दछन् उनीहरुको सुरक्षाका लागि र्स्वर्गले समेत सुरक्षा प्रदान गर्दछ । यसैले साधकहरुको मुहारमा बेग्लै चमक देख्न सकिन्छ ।

सारांश
यी समग्र कुराहरुको अध्ययनपश्चात आफूले के खाने र के नखाने आफैंले छुट्याउन सकिन्छ । शाकाहारी खाना खाँदा सबैप्रकारका खाना मिलाएर खानु पर्दछ जसको कारण सन्तुलित आहार पुग्दछ । चिनिँया औषधि विज्ञानका अनुसार मानिसले पाँच रङ्गका खाना मिलाएर खाएमा सन्तुलित पोषण प्राप्त हुन्छ । रातोः जस्तै गोलभेंडा, गाजर इत्यादी, सेतोः मूला, बदाम, काउली, बन्दा, तोफु इत्यादी, हरियोः सागहरु, ब्रोकाउली आदी, पहेंलोः फर्सर्ीीगहुँ, मेवा, चामल, आँप आदी तथा कालोः तील, मासको दाल, भटमास इत्यादी ।
अब समय भएको छ आफैंलाई मृत जनावरहरुको हिड्ने चिहान बनाउने हो कि होइन - मानवियता पर््रदर्शन गरेर जनावरहरुलाई माया प्रदान गर्ने कि उनीहरुको जीवनमा खेलवाड गरेर जंगली स्वभाव प्रस्तुत गर्ने - सोचौं र आजै निर्ण्र्ाागरौं ।
सबैको मंगल होस् ।

Monday, August 24, 2009

पवित्र गुरु चि कोङ बुद्धका करुणापर्ूण्ा बचनहरु


सहनशीलता र धर्ैयता

तिमीले आफूलाई समय र स्वयंका साथ समयसापेक्ष राख्नर्ुपर्दछ । यसको अर्थ तपाईंको भौतिक शरीरलाई भनिएको होइन । वाहृय वातावरणहरुबाट प्रभावित नहुनुहोस्, चाहे ती प्रभावहरु जतिसुकै साना या ठूला होउन् । एउटा भनाई छ मानिसहरु प्रकृतिलाई जित्न सक्छन् । एउटा कुरा सधैं के याद राख भने जब तिमी हतारमा या अधर्ैय हुँदैनौ तब तिमीले सिक्नेछौं । यदि त्रि्रो हृदयले कठिनता र कैदलाई सहन सक्दछ भने तिमी जुनै समस्याहरुलाई पनि पार गर्न सक्छौ । साधना प्रकृयाको अवधिमा, अग्निपरीक्षा ठूलो होस.् या सानf]mेजाँचहरु धेरै हुन् या थोरै; र्सवप्रथम तिमी सदैव स्थिर र शान्त रहनर्ुपर्दछ, त्यसपश्चात, तिनीहरुलाई टुक्रयाउनु र समाधान गर्नुअघि सावधानीपर्ूवक विचार विमर्श गर्नुपर्दछ ।

मेरा शिष्यहरुले मानिसहरुसंग असल आत्मियता कायम गर्न र अरुसंगको सम्वन्ध सुधार गर्न सफल होऊन् भन्ने कामना छ । जव कुनै कुरा पक्षपाती हुन्छ, धैयवान् बन । आधिँहरु र सामुद्रिक छाललाई सहन सक, हावाहरु रोकिनेछन् र तुफानहरु शान्त हुनेछन् । सहने गर र तिमी सफल हुनेछौ र जे त्रि्रो हो त्यो तिमीले प्राप्त गर्नेछौ, यो ख्याल राख । नत्रभने, सबैकुराहरु वताससंगै उडेर जानेछन् ।

सावधानीपर्ूवक स्वयंको जाँच गर । एक आत्मसमिक्षक हृदय लेऊ र तिमी सम्पन्नता वा दुःख जेमा भएपनि आफ्ना कमजोरीका पक्षहरुको जाँच गर । के तिमी रीस उठ्दो प्रकृतीको छौ - के तिमी अधर्ैय छौ - के तिमी कठिनताहरु सहन सक्छौ - के तिमी प्रलोभन रोक्न सक्छौ - के तिमी अस्विकार ग्रहण गर्न सक्छौ - के तिमी दवाब थेग्न सक्छौ - जब तिमी त्रि्रा खराब गुणहरु बदल्नका लागि प्रतिवद्ध हुन्छौ, तब तिमी पहाड हिमाल जत्तिकै स्थिर, पानि जत्तिकै सद्गुणी, सन्त र महात्माहरु जस्तै विशाल हृदयको, चन्द्रमा जस्तै पवित्र र शान्त , बसन्तको घाम जस्तै न्यानो र मधुर वतास झैं आत्मिय हुनर्ुपर्दछ ।

उत्कृष्टमा उत्कृष्ट हुनका लागि तिमीले तितोमा पनि सबैभन्दा तितोको अनुभव गर्नुपर्छ । किन मानिसहरुलाई तितो मन पदेन - ती व्यक्तिहरु जो तितो अस्वीकार गर्दछन् उनीहरु असल भाग्यबाट वञ्चित हुन्छन् । तितोको अन्त्यमा मात्र गुलियोपन आँउछ । सहन सिक । सहनशीलता हुँदा मात्र तिमी बोधिसत्व बन्न सक्छौं । बोधिसत्व बन्न सहज छ; मात्र त्रि्रा मानविय दायित्वहरु पूरा गर । मानव जाति हठी छन्, उनीहरु आफ्नै मात्र मतलब गर्दछन् र अरुको ख्याल राख्दैनन् । उनीहरु सबैका आ-आफ्नै कमजोरी र स्वभावहरु हुन्छन् । जब आफूले सोचे अनुरुप कार्य हुदैन तब उनीहरु सजिलै रीसले उर्लन्छन् । जति ठूलो रीस भयो, त्यति नै ठूलो क्षती कलेजोमा हुन्छ । जब कलेजो नै खराब हुन्छ, अरु रोगहरुले पछ्याउँछन्, तिमी यस कुरामा सचेत हुनर्ुपर्दछ ।

साधनाको शुरुवातको समयमा तिमीले उत्साहपर्ूवक काम गर्नुपर्दछ, जब तिमी समस्याहरुको सामना गर्दछौ सकारात्मक र धर्ैयवान होऊ । सहनशीलताको साथ, तिमीमा सन्तपनसम्म पुग्ने आशा हुन्छ ।

एक सदाचारी व्यक्तिले आफ्नो आँशु बहाउनुभन्दा रगत बगाउँछ । तितो के हो भनेर जान्नका लागि तिमीले यसलाई तिमीले अनुभव गर्नुपर्दछ । एकपटक तिमीले यसलाई अनुभव गरिसकेपछि तितो चाख्नु भनेको के हो भनेर तिमीले बिर्सिसक्नेछौ, किनभने तिमी सागर र आकाश जतिकै सीमाहीन भइसक्नेछौ । तिमीले किन यस्ता दुःखहरुलाई झेलेर बस्ने -

"असहजतामा दिव्य मार्गलाई पर्ूण्ा गर ।"यदि तिमीले अनिच्छित र असहज परिस्थितिको सामना गर्दछौ, तब तिमी एक ताव अभ्यासकर्ता हौ भन्ने तिमीले सम्झनर्ुपर्दछ । तिमीले यस्ता असहजताहरु र कठीन समयलाई संर्घष्ा गरेर तोड्नर्ुपर्दछ;स्वयंलाई समयका तरङ्गहरुसंग बग्न र रहलिन नदेऊ । यदि यी कठिनताहरु पीडादायक छन् भने तिनीहरुमा अडिग होऊ र परास्त गर । अरुले जे सहन सक्दैनन त्यो सह र तिमीले पक्कै पनि सफलता प्राप्ति गर्नेछौ । यदि तिमीले समस्याहरुलाई सामना गर्दा पछाडि फक्र्यौ भने, तिमी जीवनको उच्च विन्दुसम्म पुग्न सक्दैनौ ।

जब मानिसहरुले तिमीलाई गालि गर्दछन्, तिमी रिसाउँदैनौ; जब उनीहरु अनुहार बिगारेर तिमीलाई हर्ेदछन्, तिमी उनीहरुलाई पहिले जस्तै व्यवहार गर । तब मात्र तिमीले पाकोपनको तह प्राप्त गरेको हुनेछ । तैपनि, यदि तिमी गल्ति गरिरहेका छौ भने, तिमी मानिसहरुका हाउभाउ पढ्न सक्ने हुनर्ुपर्दछ जसको कारण तिमी सहि तरिकाले व्यवहार गर्न सक्नेछौ । सहि तरिकाले व्यवहार गर्न सक्नु पनि प्राप्तिको एक तह हो ।

जब तिमी अफ्ठ्याराहरुलाई भिन्न तरिकाहरुले लिन्छौ, तिमीमा सहनशीलताको उच्च गुण हुन्छ । कहिले झुक्ने र कहिले आफ्नो अडान दिने भनेर जानि बुझिसकेपछि डर र चिन्ता उत्पन्न हुँदैन । अरुसंग अनुकुल भैदिनाले तिमीलाई असिमित हुन्छौ ।

वास्तविक सामर्थ्य के हो - वास्तविक सामर्थ्य भनेको आफ्नै दिमागलाई जित्न सक्नु, विनीत र नम्र हुनु हो । अरु जे गर्न सक्दैनन्, त्यो गर, अरु जे सहन सक्दैनन् त्यो सह । त्यसपश्चातमात्र त्रि्रो तावको साधना र अभ्यास सुधार हुनेछ ।

ताव सिकाईमा, छिट्टै नरिसाउने, शान्त र एकत्रित राख्दछौ । यो त्रि्रो दिमाग र सत्प्रकृतिको साधना गर्नाले अभ्यास गर्न सकिन्छ । यो मानव विचारलाई शुद्ध गराऊ, खराब स्वभाव र खराब बानिहरुलाई हटाऊ, र सत्स्वभावलाई पोषित गर । मानिसहरुको माझ र कामहरु गर्दा आत्मविश्वासलाई मजवुत गराऊ । जे सुकै परीक्षाहरु र गतिरोधहरु भएतापनि, गुनासाहरु र वादविवाद नगर । जब वादविवाद हुन्छ, सहि र गलतमा अल्भिmइन्छ । जब सहि र गलत आउँछ, यसले अन्तिममा लर्डाईंमा लैजान्छ । त्यसपछि सूनौलो मध्यता/मध्यमार्गको सिद्धान्तको अनुसरण हुदैन ।

Thursday, August 20, 2009

Yesterday and Tomorrow

YESTERDAY, TODAY, TOMORROW

There are two days in every week about which we should not worry.
Two days which should be kept free from fear and apprehension.

One of these days is yesterday with its mistakes and cares,
Its faults and blunders, Its aches and pains.
Yesterday has passed forever beyond our control.
All the money in the world cannot bring back yesterday.
We cannot undo a single act we performed.
We cannot erase a single word we said. Yesterday is gone.

The other day we should not worry about is tomorrow.
With its possible adversities, Its burdens,
Its large promise and poor performance.
Tomorrow is also beyond our immediate control.
Tomorrow's Sun will rise, either in splendor or behind a mask of clouds,
but it will rise.
Until it does, we have no stake in tomorrow, for it is yet unborn.
This just leaves only one day . . . Today.
Any person can fight the battles of just one day.
It is only when you and I add the burdens of those two awful eternity's -
yesterday and tomorrow that we break down.
It is not the experience of today that drives people mad.
It is the remorse or bitterness for something which happened yesterday
and the dread of what tomorrow may bring.

Let us therefore live but one day at a time.

~ Author Unknown ~
(Possible author Jennifer Kritsch)