Wednesday, September 16, 2009

सिकेको पाठ

एक दिन एउटा धनी परिवारको बाबुले छोरालाई अरु मानिसहरु कति धनी छन् भनेर देखाउन देश भ्रमण गरायो । तिनीहरु एक गरिब देखिने परिवारको घरमा केहि दिन बसे । एकदिन बाबुले छोरालाई सोध्यो,ँ भ्रमण कस्तो भयो त छोरा-’
ँ सारै राम्रो बुबा’ छोराले भन्यो ।
बाबुले सोध्यो,ँ गरिबहरु कसरी जिउछन.् देख्यौ त -’
ँ अँ’ छोराले उत्तर दियो ।
बाबुले उत्साहित हुदैं भन्यो,ँ त्यसो भए तिमीले भ्रमणबाट के सिक्यौ मलाई बताऊ ’
छोराले भन्यो,ँ हामीसंग एउटा कुकुर छ, तिनीहरुसंग ४ वटा छन् । हाम्रो सानो पौडी पोखरी छ, तिनीहरुसंग पुरै खोला छ; हाम्रो बगैंचामा बत्तिहरु छन्, तिनीहरुसंग सारा संसारका ताराहरु छन् । हाम्रो बगैंचा ठूलो छ तर उनीहरुको बगैंचाले क्षितिज छोएको छ । हामीसंग जमिनको टुक्रा छ, तिनीहरुसंग हाम्रा आँखाले नभ्याउने खेत छ; हाम्रो घरमा नोकरहरु छन्, उनीहरु अरुको सेवा गर्दछन् । हामी खाना किन्दछौं, तिनीहरु अन्न उब्जाउछन् । हाम्रो घरको रक्षाका लागि पर्खाल लगाइएको छ, तिनीहरुको रक्षामा तिनीहरुकै साथीहरु छन् । ’
उसले बाबुको अनुहारमा हेर्‍यो, बाबु निशब्द भएको थियो ।
उसले अन्तमा भन्यो,ँ बुबा, तपाईलाई धन्यवाद छ, तपाई आज हामी कति गरीब छौं भनेर मलाई चिनाइदिनुभयो ।’

No comments:

Post a Comment